Sunday, May 22, 2016

महिनावारी सरसफाइमा पुरुष



विश्व महिनावारी सरसफाई दिवसको अवसरमा युवालयले रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’सँगको सहकार्यमा युवा पुरुषहरूसँग महिनावारी सरसफाइका विषयमा छलफल कार्यक्रम सञ्चालन गरेको छ ।

गत जेठ ८ गते शनिबार सञ्चालित ‘मेन्स्ट्रुएसन टक विथ मेन’ नाम दिइएको उक्त कार्यक्रममा १५ देखि २४ वर्ष उमेरमा २० जना युवा पुरुषहरूको सहभागिता रहेको थियो ।

महिनावारी भनेको के हो; यस विषयमा केकस्ता सामाजिक, सांस्कृतिक र धार्मिक भ्रम तथा कुप्रथाहरू व्याप्त छन् र यिनले कसरी बालिका तथा महिलाहरूको जीवनलाई असर पारिरहेका छन् भन्ने विषयमा युवा पुरुषहरूसँग छलफल गरिएको थियो । कार्यक्रममा युवा पुरुषहरूले आफ्नो परिवार र समाजमा रहेका महिनावारीसँग सम्बन्धित भ्रम कसरी चिर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै आआफ्ना व्यक्तिगत तर्फबाट प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

महिनावारीसँग सम्बन्धित रहेका भ्रम, परम्परागत तथा धार्मिक कुरीति तथा सामाजिक कुप्रथाको अन्त्यका लागि विगत ३ वर्ष अघिदेखि हरेक वर्ष मे महिनाको २८ तारिखमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष महिनावारी सरोकार  : जसको पनि, जहाँ पनि भन्ने नाराका साथ यो दिवस मनाउनका लागि नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम भइरहेका छन् ।

युवालयले पनि विभिन्न कार्यक्रमहरू गर्दै यस मुद्दा उठाउँदै आइरहेको छ ।

No comments:

Post a Comment