जाडो महिनाको समयमा दिन छोटो, रात लामो हुन्छ । बेलुकी ६ नबज्दै झमक्क अध्यारो भइसक्छ ।
एउटा त्यस्तै दिनमा बेलुकी ६ बजेतिर म अफिसबाट घर फर्किदै थिएँ । सधैझैँ मेरो घर जाने बाटोमा केटाहरूको एक समूह बसिरहेको थियो । उनीहरू मलाई सधैँ जिस्काउँथे, तर म कहिल्यै पनि वास्ता गर्दैनथेँ । आफ्नै सुरमा हिँडिरहन्थेँ ।
तर त्यो दिन एक्कासी तिनीहरूले म हिँड्ने बाटो छेके । मैले वरिपरि हेरेँ, म एक्लै थिएँ । त्यसैले म डराएँ । म अर्कै बाटोबाट जान खोजेँ, तर तिनीहरूले फेरि छेके । त्यत्तिकैमा एक जना केटाले मलाई हेर्दै भन्यो, “बहिनी, तिमीलाई यो राजेश भन्ने केटाले मन पराउँछ । तिमी उसलाई मन पराउँछौ कि मन पराउँदैनौ भन त ?”
उसले त्यति के भनेको थियो, सब केटाहरु गलल हाँस्न थाले । म केही बोल्न सकिनँ । अनुहार रातोपिरो भइसकेको थियो । तैपनि आँट गरेर त्यहाँबाट हिँड्न खोजेँ र सफल पनि भएँ ।
घरमा गएर दुःखी हुँदै सोचेँ, “मैले लिएको र दिएको बाल यौन दुव्र्यवहार भन्ने विषयको तालिममा, आफूलाई मन नपर्ने व्यवहार कसैले गर्दै छ भने त्यतिखेर नै उक्त व्यक्तिलाई आफूलाई त्यस्तो व्यवहार गरेको मन पर्दैन भनेर भन्नुपर्छ भन्ने कुरा सिकेको र सिकाएको थिएँ । तर आज त्यो कुरा आफ्नै जीवनमा लागू गर्न सकिनँ ।”
तर, अब भने त्यस्तो केही भइहाल्यो भने मसँग भएको सीप लागू गरेरै छाड्छु ।
भारती युवालयकी सदस्य हुनुहुन्छ ।