Sunday, April 24, 2016

केही गर्न सक्छु भन्ने भएको छ

मुना थापा मगर, सिन्धुली
मेरो नाम मुना । सिन्धुली जिल्ला, कमलामाई नगरपालिकाको वडा नम्बर ४मा बस्छु । असाध्यै हरियाली र सुन्दर ठाउँ छ मेरो गाउँ । भूकम्प आउने समयमा म कक्षा १२को परीक्षा दिएर बसेकी थिएँ । उत्तिसारो बोल्न मन लाग्दैनथ्यो मलाई । मन लाग्दैन पनि के भन्नु, सिधासिधी भन्दा डर लाग्थ्यो । संस्थाका मान्छे भन्ने त कोही चिनेको भए त के ! त्यही भएर पनि म आफैलाई आफू कमजोर छु, बोल्न पनि सक्दिन भन्नेजस्तो हुन्थ्यो । आत्मविश्वास कम थियो भन्दा नि हुन्छ । कस्तो नरमाइलो हुन्छ नि त्यस्तो हुँदा :(

Saturday, April 23, 2016

आज युवालयले मलाई थप परिचय दिएको छ

राजन बस्नेत, दोलखा
मान्छे भएर जन्म लिइसकेपछि मानवता लिएर बाँच्न सक्नु नै मानवता हो जस्तो लाग्छ मलाई । हुन त मान्छेले जानेरै त आएको हुँदैन । ऊ हुर्कने परिवार, देख्दै बढ्दै गरेको समाजबाट नै यसले धेरै कुरा सिक्छ । र बिस्तारै उसका सिकाइ, ज्ञान र बुझाइका आधारमा आफ्नो परिचय तयार पार्छ । मैले पनि बाल क्लब हुँदै जिल्ला बाल सञ्जालसम्मको यात्रामा यसरी नै परिचय बनाउँदै गइरहेको थिएँ । आज युवालयले मलाई थप परिचय दिएको छ ।