Showing posts with label नेपाली ब्लग. Show all posts
Showing posts with label नेपाली ब्लग. Show all posts

Saturday, December 5, 2020

थाहा छ !

Photo: Wallpaperflare


अझै पनि म कसैले नारी भन्दा, 

शोषण सुन्छु‌, दमन सुन्छु,

अत्याचार अनि बलात्कार सुन्छु।

किन सुन्छु ? उत्तर छैन, 

तर,

तर, थाहा छ यो कुरा

कि, ती मसिना बालबालिकाले बरालिँदै बाटोमा आफ्नो बालापन आफ्नै ढङ्गमा बगाउन पाउँदैनन् अचेल।

Saturday, September 16, 2017

पानीजन्य रोगहरूबाट बच्न र यसबारे जनचेतना फैलाउन हाम्रा क्रियाकलापहरू

कविता बस्नेत

सन् २०१५को विनाशकारी भूकम्पपछि धेरै ठाउँहरूमा पानीजन्य रोगको महामारी फैलिएको थियो । भूकम्पबाट पानीका मूहानहरूमा क्षति पुगेकाले तथा हजारौँ जनसङ्ख्या विस्थापित भएकाले धेरै मानिस स्वच्छ पानीको पहुँचबाट टाढा भए ।

गाउँमा भन्दा पनि सहरी क्षेत्रमा हैजाजस्ता रोगको प्रकोप बढ्यो । नेपाल सरकार, स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि काठमाडौँ उपत्यकाका सहरी बस्तीहरू हैजाको जोखिममा रहेको देखायो ।

जथाभाबी दिसापिसाब गनार्ले, दूषित तथा सडेगलेका खानेकुरा खानाले तथा पानी शुद्धीकरण नगरी पिउनाले हैजा लाग्ने गर्दछ । समयमा उपचार नपाउँदा हैजाका बिरामीको मृत्यु नै हुन सक्छ । तर, सामान्य सावधानी अपनाएमा  यसबाट बच्न पनि सकिन्छ ।

Sunday, May 22, 2016

महिनावारी सरसफाइमा पुरुष



विश्व महिनावारी सरसफाई दिवसको अवसरमा युवालयले रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’सँगको सहकार्यमा युवा पुरुषहरूसँग महिनावारी सरसफाइका विषयमा छलफल कार्यक्रम सञ्चालन गरेको छ ।

गत जेठ ८ गते शनिबार सञ्चालित ‘मेन्स्ट्रुएसन टक विथ मेन’ नाम दिइएको उक्त कार्यक्रममा १५ देखि २४ वर्ष उमेरमा २० जना युवा पुरुषहरूको सहभागिता रहेको थियो ।

Sunday, April 24, 2016

केही गर्न सक्छु भन्ने भएको छ

मुना थापा मगर, सिन्धुली
मेरो नाम मुना । सिन्धुली जिल्ला, कमलामाई नगरपालिकाको वडा नम्बर ४मा बस्छु । असाध्यै हरियाली र सुन्दर ठाउँ छ मेरो गाउँ । भूकम्प आउने समयमा म कक्षा १२को परीक्षा दिएर बसेकी थिएँ । उत्तिसारो बोल्न मन लाग्दैनथ्यो मलाई । मन लाग्दैन पनि के भन्नु, सिधासिधी भन्दा डर लाग्थ्यो । संस्थाका मान्छे भन्ने त कोही चिनेको भए त के ! त्यही भएर पनि म आफैलाई आफू कमजोर छु, बोल्न पनि सक्दिन भन्नेजस्तो हुन्थ्यो । आत्मविश्वास कम थियो भन्दा नि हुन्छ । कस्तो नरमाइलो हुन्छ नि त्यस्तो हुँदा :(

Saturday, April 23, 2016

आज युवालयले मलाई थप परिचय दिएको छ

राजन बस्नेत, दोलखा
मान्छे भएर जन्म लिइसकेपछि मानवता लिएर बाँच्न सक्नु नै मानवता हो जस्तो लाग्छ मलाई । हुन त मान्छेले जानेरै त आएको हुँदैन । ऊ हुर्कने परिवार, देख्दै बढ्दै गरेको समाजबाट नै यसले धेरै कुरा सिक्छ । र बिस्तारै उसका सिकाइ, ज्ञान र बुझाइका आधारमा आफ्नो परिचय तयार पार्छ । मैले पनि बाल क्लब हुँदै जिल्ला बाल सञ्जालसम्मको यात्रामा यसरी नै परिचय बनाउँदै गइरहेको थिएँ । आज युवालयले मलाई थप परिचय दिएको छ ।

Wednesday, March 9, 2016

Men express commitment against violence against women




KATHMANDU: More than 100 men on Tuesday, March 8, held a march in Lalitpur expressing their commitment against violence against women and girls.

More than 15 youth organisations had joined hands to hold the Men's March: Men against Violence against Women and Girls, on the occasion of the 106th International Women's Day.

Friday, April 17, 2015

आँटिलो बन्नुपर्ने रहेछ


जाडो महिनाको समयमा दिन छोटो, रात लामो हुन्छ । बेलुकी ६ नबज्दै झमक्क अध्यारो भइसक्छ ।

एउटा त्यस्तै दिनमा बेलुकी ६ बजेतिर म अफिसबाट घर फर्किदै थिएँ । सधैझैँ मेरो घर जाने बाटोमा केटाहरूको एक समूह बसिरहेको थियो । उनीहरू मलाई सधैँ जिस्काउँथे, तर म कहिल्यै पनि वास्ता गर्दैनथेँ । आफ्नै सुरमा हिँडिरहन्थेँ ।

तर त्यो दिन एक्कासी तिनीहरूले म हिँड्ने बाटो छेके । मैले वरिपरि हेरेँ, म एक्लै थिएँ । त्यसैले म डराएँ । म अर्कै बाटोबाट जान खोजेँ, तर तिनीहरूले फेरि छेके । त्यत्तिकैमा एक जना केटाले मलाई हेर्दै भन्यो, “बहिनी, तिमीलाई यो राजेश भन्ने केटाले मन पराउँछ  । तिमी उसलाई मन पराउँछौ कि मन पराउँदैनौ भन त ?”

उसले त्यति के भनेको थियो, सब केटाहरु गलल हाँस्न थाले । म केही बोल्न सकिनँ । अनुहार रातोपिरो भइसकेको थियो । तैपनि आँट गरेर त्यहाँबाट हिँड्न खोजेँ र सफल पनि भएँ ।

घरमा गएर दुःखी हुँदै सोचेँ, “मैले लिएको र दिएको बाल यौन दुव्र्यवहार भन्ने विषयको तालिममा, आफूलाई मन नपर्ने व्यवहार कसैले गर्दै छ भने त्यतिखेर नै उक्त व्यक्तिलाई आफूलाई त्यस्तो व्यवहार गरेको मन पर्दैन भनेर भन्नुपर्छ भन्ने कुरा सिकेको र सिकाएको थिएँ । तर आज त्यो कुरा आफ्नै जीवनमा लागू गर्न सकिनँ ।”
तर, अब भने त्यस्तो केही भइहाल्यो भने मसँग भएको सीप लागू गरेरै छाड्छु ।

भारती युवालयकी सदस्य हुनुहुन्छ ।