राजन बस्नेत, दोलखा
मान्छे भएर जन्म लिइसकेपछि मानवता लिएर बाँच्न सक्नु नै मानवता हो जस्तो लाग्छ मलाई । हुन त मान्छेले जानेरै त आएको हुँदैन । ऊ हुर्कने परिवार, देख्दै बढ्दै गरेको समाजबाट नै यसले धेरै कुरा सिक्छ । र बिस्तारै उसका सिकाइ, ज्ञान र बुझाइका आधारमा आफ्नो परिचय तयार पार्छ । मैले पनि बाल क्लब हुँदै जिल्ला बाल सञ्जालसम्मको यात्रामा यसरी नै परिचय बनाउँदै गइरहेको थिएँ । आज युवालयले मलाई थप परिचय दिएको छ ।
म बाल क्लबमा लाग्न थालेको सानैबाट हो । त्यसयता मैले बाल क्लब र बाल क्लब सञ्जाल हुँदै जिल्ला स्तरमा बाल अधिकारका बारेमा जान्ने र सिक्ने मौकाहरू पाउँदै आएँ । नयाँ नयाँ साथीहरूलाई सिकाउने मौका पनि पाउँदै गइरहेको थिएँ । तर गत वर्ष वैशाखको भूकम्पले भने मेरो जीवनमा ठुलो परिवर्तन लिएर आयो ।
भूकम्पले हामी दोलखावासीलाई केन्द्र विन्दु बनाएर थप प्रभावित पारेको थियो । हामी साथीहरू पनि के गर्ने, कसो गर्ने भने अलमल्ल नै थियौँ । यस्तैमा युनिसेफ नेपालको सहयोगमा युवालय र चङ्गाबाट मलाई दोलखा जिल्लामा भूकम्प पश्चात् युवा तथा किशोरकिशोरीहरूसँग समन्वय गर्ने गरी जिल्ला संयोजकको रूपमा काम गर्ने आग्रह भयो । यो अवसरलाई मैले नाइँ भन्ने त कुरै थिएन । तसर्थ मैले सहर्ष त्यसलाई स्वीकार गरेँ ।
यी संस्थाहरूसँग आबद्ध भएपछि मैले जिल्लामा भएका २५ जना साथीहरूको टिम बनाएँ र गाउँ गाउँमा गएर भूकम्प पश्चात्का जोखिम र यसले निम्त्याउने शारीरिक, सामाजिक, मानसिक समस्याहरूका बारेमा थाहा दिन थालेँ । यसरी युवा जोससँगै अहोरात्र खटिँदा मैले चिन्ने मानिसहरूको सङ्ख्या जिल्लामा बढ्दै गयो । उहाँहरूसँग नियमित समन्वयमा रहँदा राजनले पनि यस्तो अवस्थामा समेत काम गरिरहेको छ है भन्ने उहाँहरूलाई प-यो । त्यसैको प्रतिफलको रूपमा मैले जिल्ला संयोजकको तीन महिनाको काम पश्चात् जिल्लाकै महिला तथा बालबालिकाका कार्यालयमा सूचना व्यवस्थापकको रूपमा पनि काम गर्ने मौका पाएँ । यसरी विस्तारै जिल्लामा हुने बालबालिका तथा युवाका विषयमा मलाई बोलाउने, सोध्ने र मसँग पनि समन्वय गर्न थालियो । त्यति मात्र होइन अझ मेरो क्रियाशीलता देखेर महिला तथा बालबालिका कार्यालयले मलाई सम्मान समेत प्रदान ग-यो ।
युवाहरूद्वारा युवा तथा किशोरकिशोरीसँग मिलेर समाज परिवर्तनको ध्येय बोकेको युवालय अनि चङ्गा मासिक बाल पत्रिकासँगै रहेर काम गर्ने मौकाले मलाई विपद्को अवस्थामा उनीहरूका आवाजलाई नीति निर्माण तहसम्म लग्ने बाटो दियो भने व्यक्तिगत रूपमा पनि धेरै लाभान्वित भएँ । सबैभन्दा खुसीको कुरा त तीन महिने अवधिमा गरिएको कामको जिल्लास्थित सबै सरोकारवालाहरूले प्रशंसा गरिदिनुभयो र उहाँहरूले परियोजना पश्चात् पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

No comments:
Post a Comment