मुना थापा मगर, सिन्धुली
मेरो नाम मुना । सिन्धुली जिल्ला, कमलामाई नगरपालिकाको वडा नम्बर ४मा बस्छु । असाध्यै हरियाली र सुन्दर ठाउँ छ मेरो गाउँ । भूकम्प आउने समयमा म कक्षा १२को परीक्षा दिएर बसेकी थिएँ । उत्तिसारो बोल्न मन लाग्दैनथ्यो मलाई । मन लाग्दैन पनि के भन्नु, सिधासिधी भन्दा डर लाग्थ्यो । संस्थाका मान्छे भन्ने त कोही चिनेको भए त के ! त्यही भएर पनि म आफैलाई आफू कमजोर छु, बोल्न पनि सक्दिन भन्नेजस्तो हुन्थ्यो । आत्मविश्वास कम थियो भन्दा नि हुन्छ । कस्तो नरमाइलो हुन्छ नि त्यस्तो हुँदा :(
अचम्म, मलाई युवालयले जिल्ला संयोजकको रूपमा छनौट ग-यो । तर खुसी हुनुभन्दा पनि त्यहाँ गएर नयाँ मान्छेसँग कसरी बोल्ने भन्ने पो चिन्ता ! तर युवालय त मजस्तै उमेरका साथीहरूको समूह रहेछ । काठमाडौँको तालिममा हामीलाई सजिलो हुने गरी धेरै राम्रो अनि स्पष्टसँग भूकम्प र तीन महिने परियोजनाका बारेमा सिकाउनुभयो ।
तालिम लिएर सिन्धुली जिल्लाका विभिन्न गाविसबाट २५ जना स्वयंसेवकहरूसँगको समन्वयमा गाविस र नगरपालिकाहरूमा गएर भूकम्पपछि ध्यान दिनुपर्ने कुरा सिकाएँ । साथीहरूलाई तालिम दिएँ । त्यसबेला जथाभाबी पानी पिउने हाम्रा गाउँलेहरू हामीले कक्षा लिए पश्चात् पानी फिल्टर गरेर खान थालेका छन् । छोरोछोरीलाई पढ्नका साटो घाँस दाउरा गर्न पठाउने अभिभावकहरूले हामीले भने पश्चात् विद्यालय पठाउन थालेका छन् ।
यसरी नियमित समुदाय, साथीहरू, विभिन्न सरकारी र अन्य संस्थाका व्यक्तिहरूसँगको भेटघाटमा कुन बेलाबाट बोल्न सक्ने भएछु पत्तै भएन । आजकाल परिवार र समुदायमा पनि मुनाले भूकम्पजस्तो समयमा पनि उदाहरणीय काम गरेकी छे भनेर सबैका अगाडि बताउनुहुन्छ । आफैँ देखेर आफैसँग अचम्म लाग्छ । तर अझै धेरै गर्न र सिक्न बाँकी छ । जीवन भनेकै बिस्तारै बिस्तारै इँटा हालेर घर बनाएझैँ सिक्दै जानिने कुुरो रहेछ ।

No comments:
Post a Comment