कविता बस्नेत
सन् २०१५को विनाशकारी भूकम्पपछि धेरै ठाउँहरूमा पानीजन्य रोगको महामारी फैलिएको थियो । भूकम्पबाट पानीका मूहानहरूमा क्षति पुगेकाले तथा हजारौँ जनसङ्ख्या विस्थापित भएकाले धेरै मानिस स्वच्छ पानीको पहुँचबाट टाढा भए ।
गाउँमा भन्दा पनि सहरी क्षेत्रमा हैजाजस्ता रोगको प्रकोप बढ्यो । नेपाल सरकार, स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि काठमाडौँ उपत्यकाका सहरी बस्तीहरू हैजाको जोखिममा रहेको देखायो ।
जथाभाबी दिसापिसाब गनार्ले, दूषित तथा सडेगलेका खानेकुरा खानाले तथा पानी शुद्धीकरण नगरी पिउनाले हैजा लाग्ने गर्दछ । समयमा उपचार नपाउँदा हैजाका बिरामीको मृत्यु नै हुन सक्छ । तर, सामान्य सावधानी अपनाएमा यसबाट बच्न पनि सकिन्छ ।
यो वर्ष पनि गत वर्षजस्तै पानीजन्य रोगहरू फैलिने सम्भावना रहेको हुँदा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा हामीले जनचेतनामूलक क्रियाकलापहरू सञ्चालन गरेका छौँ । जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिका, वडा कार्यालय र स्थानीय युवा र युवा क्लबहरूसँगको समन्वय र सहकार्यमा तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा युवालय लगाततका धेरै संस्थाहरू यस चार महिने अभियानमा संलग्न छौँ ।
यस अभियान अन्तर्गत हामीले हालसम्म गरेका मुख्य क्रियाकलापहरू यस प्रकार छन् :
यी सबै क्रियाकलापहरूबाट कम्तीमा करिब सात हजार पाँच सय मानिस लाभान्वित भएको आँकडा छ ।
अवसर र चुनौती
म आफैँ पनि एक युवा भएकाले पनि होला स्थानीय युवाहरूसँग र आफ्ना सहकर्मी युवा साथीहरूसँग काम गर्दा धेरै अवसर र उत्तिकै चुनौतीहरू भेटेकी छु ।
हालै भएको स्थानीय चुनाव र संरचना परिर्वतनले गर्दा परियोजनाको प्रारम्भमा केही कठिनाइहरू भएता पनि आपसी समन्वय र साझेदारीले गर्दा सबै समस्या हल भएका छन् । युनिसेफ, जिल्ला जनस्वास्थ्य कार्यालय, अन्य संस्था, स्थानीय सरोकारवालाबाट परियोजनालाई प्रभावकारी बनाउन मार्गदर्शन र विभिन्न सहयोग प्रदान भइरहेका छन् । स्थानीय युवाहरू आफ्ना ठाउँमा पानीजन्य रोगहरू फैलिन नदिनका निम्ति एकदम सक्रिय भएर लागिरहनुभएको छ ।
केही दिनअघि मात्र म स्लाम पोइट्रीको कार्यशालामा आयोजकका तर्फबाट जाँदा एक जना बहिनी सर्मिला तामाङ्ले हैजाका बारे एउटा कविता सुनाउनुभयो । ललितपुरको गोदावरी बस्ने उहाँको कविता यस्तो छ :
हैजा
फुल्चोकीको पाउबाट बग्दै र त्यहाँको बास्ना बटुल्दै
सुरु भयो एक सुरे खोला गोदावरी
उसको सोच थियो होला आफ्नो स्वच्छतालाई
सबैमाझ फैलाउने
त्यसैले होला कुद्दै थियो कहिल्यै नथाक्ने गरी ।
एक चेलीले त्यही खोलाको पानीले घरआँगन च्याट्ट पारिन्
उनको त्यो सानो संसार त सफा गरिन्
तर सँगै खोलाको स्वच्छपन कैद भयो र वरपरको वातावरण कैद भयो
खोलाको स्वच्छपन कैद गर्दा मानिसको स्वाथ्य कैदी भयो
हैजाका कीटाणु मानिसले खाए र मानिसलाई हैजा लाग्यो ।
समग्रमा मेरो अनुभव
वास्तवमा भन्नुपर्दा सबैलाई थाहा छ सरसफाइमा ध्यान दिनुपर्छ, खाना खानुअघि र चर्पी गएपछि साबुन पानीले हात धुनुपर्छ, र पानी शुद्धीकरण गरेर पिउनुपर्छ । तर थाहा हुँदाहुँदै पनि मानिसहरूले ध्यान नदिनाले र आफ्ना बानीका कारणले बिरामी हुने गरेको देखियो भने कति ठाँउमा बाध्यताले गर्दा वा वरपरको वातावरणले गर्दा पानीजन्य रोगहरू लाग्ने गरेको पनि देखियो । हाम्रा विभिन्न कार्यशालामा सहभागी साथीहरूले त्यस्तै बताउनुभएको छ ।
सडक किनारामा बेचिने पानीपुरी, मम, सेकुवा, छोइला आदि खाने कुराहरू युवाहरूबीच अहिले एकदमै लोकप्रिय छन् । तर दूषित पानीको प्रयोग, सरसफाइको अभाव र सडकको धुलो धुँवाले गर्दा ती खानेकुराहरू सुरक्षित छैनन् । तर पनि मिठो लाग्ने हँदा धेरैले ती कुरा खाने गरेको पाइयो ।
यसबीचमा हामीले भेटेका एक जना भाइले “खै मलाई त जे गरे पनि हैजा लागेको छैन” भनेर भन्नुभयो । तर हामीले के बुझ्नु जरुरी छ भने मानिसले हैजाका कीटाणुहरू खाएता पनि कहिलेकाँहि हैजा नलाग्न सक्छ, तर यी मानिसहरूले महामारी भने फैलाउन सक्छन् । त्यसैले हामी सबैले सरसफाइमा विशेष ध्यान दिनु, पानी शुद्धीकरण गरेर पिउनु र आफ्नो वरपरको वातावरणको विशेष ख्याल राख्नु आवश्यक देखिन्छ ।
लेखक : संयोजक, हैजा नियन्त्रण कार्यक्रम, युवालय

- अचेल नाट्य समुहद्वारा भक्तपुर, ललितपुर र काठमाडौँका जोखिमयुक्त वडाहरूमा ‘काले बिरामी भएपछि’ सडक नाटक प्रस्तुति तथा दर्शकहरूसँग अन्तक्र्रिया
- स्थानीय युवाहरूलाई तालिम
- कचहरी नाटक
- फ्ल्यास मुभ
- स्लाम पोइट्री तथा भित्ते कमिक्स् सम्बन्धी कार्यशाला÷गोष्ठी
- बस्ती स्तरमा सरसफाइ र पानी शुद्धीकरण सम्बन्धी पम्प्लेट्, प्रचारप्रसारका सामग्रीहरू बाँड्ने तथा माइकिङ् गर्ने
- मस्कट परिचालन र विभिन्न सार्वजनिक ठाँउमा सरसफाइ
- सर्वेक्षण
- पानी शुद्धीकरण सम्बन्धी भित्ते चित्र बनाउने
- सरसफाइ र पानी शुद्धीकरण सम्बन्धी जनचेतनाका लागि विभिन्न दिवस, उत्सवहरू मनाउने
- टोल र बस्तीमा सार्वजनिक सुनुवाइ गर्ने
यी सबै क्रियाकलापहरूबाट कम्तीमा करिब सात हजार पाँच सय मानिस लाभान्वित भएको आँकडा छ ।
अवसर र चुनौती
म आफैँ पनि एक युवा भएकाले पनि होला स्थानीय युवाहरूसँग र आफ्ना सहकर्मी युवा साथीहरूसँग काम गर्दा धेरै अवसर र उत्तिकै चुनौतीहरू भेटेकी छु ।
हालै भएको स्थानीय चुनाव र संरचना परिर्वतनले गर्दा परियोजनाको प्रारम्भमा केही कठिनाइहरू भएता पनि आपसी समन्वय र साझेदारीले गर्दा सबै समस्या हल भएका छन् । युनिसेफ, जिल्ला जनस्वास्थ्य कार्यालय, अन्य संस्था, स्थानीय सरोकारवालाबाट परियोजनालाई प्रभावकारी बनाउन मार्गदर्शन र विभिन्न सहयोग प्रदान भइरहेका छन् । स्थानीय युवाहरू आफ्ना ठाउँमा पानीजन्य रोगहरू फैलिन नदिनका निम्ति एकदम सक्रिय भएर लागिरहनुभएको छ ।
केही दिनअघि मात्र म स्लाम पोइट्रीको कार्यशालामा आयोजकका तर्फबाट जाँदा एक जना बहिनी सर्मिला तामाङ्ले हैजाका बारे एउटा कविता सुनाउनुभयो । ललितपुरको गोदावरी बस्ने उहाँको कविता यस्तो छ :
हैजा
फुल्चोकीको पाउबाट बग्दै र त्यहाँको बास्ना बटुल्दै
सुरु भयो एक सुरे खोला गोदावरी
उसको सोच थियो होला आफ्नो स्वच्छतालाई
सबैमाझ फैलाउने
त्यसैले होला कुद्दै थियो कहिल्यै नथाक्ने गरी ।
एक चेलीले त्यही खोलाको पानीले घरआँगन च्याट्ट पारिन्
उनको त्यो सानो संसार त सफा गरिन्
तर सँगै खोलाको स्वच्छपन कैद भयो र वरपरको वातावरण कैद भयो
खोलाको स्वच्छपन कैद गर्दा मानिसको स्वाथ्य कैदी भयो
हैजाका कीटाणु मानिसले खाए र मानिसलाई हैजा लाग्यो ।
सर्मिला तामाङ् |
समग्रमा मेरो अनुभव
वास्तवमा भन्नुपर्दा सबैलाई थाहा छ सरसफाइमा ध्यान दिनुपर्छ, खाना खानुअघि र चर्पी गएपछि साबुन पानीले हात धुनुपर्छ, र पानी शुद्धीकरण गरेर पिउनुपर्छ । तर थाहा हुँदाहुँदै पनि मानिसहरूले ध्यान नदिनाले र आफ्ना बानीका कारणले बिरामी हुने गरेको देखियो भने कति ठाँउमा बाध्यताले गर्दा वा वरपरको वातावरणले गर्दा पानीजन्य रोगहरू लाग्ने गरेको पनि देखियो । हाम्रा विभिन्न कार्यशालामा सहभागी साथीहरूले त्यस्तै बताउनुभएको छ ।
सडक किनारामा बेचिने पानीपुरी, मम, सेकुवा, छोइला आदि खाने कुराहरू युवाहरूबीच अहिले एकदमै लोकप्रिय छन् । तर दूषित पानीको प्रयोग, सरसफाइको अभाव र सडकको धुलो धुँवाले गर्दा ती खानेकुराहरू सुरक्षित छैनन् । तर पनि मिठो लाग्ने हँदा धेरैले ती कुरा खाने गरेको पाइयो ।
यसबीचमा हामीले भेटेका एक जना भाइले “खै मलाई त जे गरे पनि हैजा लागेको छैन” भनेर भन्नुभयो । तर हामीले के बुझ्नु जरुरी छ भने मानिसले हैजाका कीटाणुहरू खाएता पनि कहिलेकाँहि हैजा नलाग्न सक्छ, तर यी मानिसहरूले महामारी भने फैलाउन सक्छन् । त्यसैले हामी सबैले सरसफाइमा विशेष ध्यान दिनु, पानी शुद्धीकरण गरेर पिउनु र आफ्नो वरपरको वातावरणको विशेष ख्याल राख्नु आवश्यक देखिन्छ ।
लेखक : संयोजक, हैजा नियन्त्रण कार्यक्रम, युवालय
No comments:
Post a Comment